काठमाडौँ । नेकपा एमालेको जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
एमालेको नयाँ नेतृत्व लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् ।
एमालेले महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा गरिरहेको छ । मंगलबार भृकुटीमण्डपस्थित मतदानस्थलमा दुवै नेता पुगेका छन् । मतदानस्थलमा ओली र पोखरेल सँगै देखिएका छन् ।
मतदानका लागि मतदाताहरू लाइनमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस