२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको 'कारण देखाऊ' आदेश

बुधवार , पौष २, २०८२

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध न‍ेपाली कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले 'कारण देखाऊ' आदेश जरी गरेको छ ।

कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले दायर गरेको रिटमा बुधबार कारण देखाऊ आदेश जारी भएको हो ।

उक्त रिट मंसिर २३ गते दायर भएको थियो । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ ।

साथै, असंवैधानिक व्यक्तिको सिफारिसमा संविधानविपरीत संसद् विघटन गरिएकाले तत्काल पुनर्स्थापनाको माग पनि गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट