२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्छ : शंकर पोखरेल

बुधवार , पौष २, २०८२

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने बताएका छन् ।

बुधबार महाधिवेशनस्थल भृकुटिमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले नेतृत्व चयनका क्रममा बिभिन्न समूह देखापरे पनि महाधिवेशनपछि पार्टी अझै एकढिक्का भएर अघि बढ्ने बताए ।

उनले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिष्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताए । राष्ट्रिय राजनीतिमा देखापर्ने चूनौतिहरुको सामना गर्न एमाले सक्षम रहेको उनको भनाइ छ ।

एमालेको नेतृत्वमा जो आएपनि राष्ट्रिय राजनीतिका चूनौतिलाई सामना गर्दै मुलुकलाई सहि बाटोमा लिएर जाने कुरामा सफलता प्राप्त गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट