२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

शेखर कोइरालाले भने : ‘समयमा निर्वाचन नभए संसद् पुनःस्थापना हुनुपर्छ’

बुधवार , पौष २, २०८२

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तोकिएको समयमा निर्वाचन नभएमा संसद् पुनःस्थापना हुनुपर्ने बताएका छन् ।

अहिले आएर संसद् पुनःस्थापनाको पक्षमा उभिएका उनले तोकिएको मितिमा चुनाव नभए संसद् पुनःस्थापनाको विकल्प नहुने उल्लेख गरेका छन् । कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै कोइरालाले घोषित मितिमा निर्वाचन नहुँदा संसद पुनःस्थापना एकमात्रै विकल्प भएको उल्लेख गरे ।

उनले तोकिएको मिति फागुन २१ मा निर्वाचनको सम्भावना पनि नदेखिएको बताए । निर्वाचन नभए देशमा संवैधानिक संकट आउनसक्ने उनको भनाइ छ । ‘चुनाव नहुने हो भने संसद पुनःस्थापनाको माग अगाडि बढेर जान्छ । अहिलेको सरकार संविधान अनुसार बनेको होइन । यदि संविधानलाई अझै ‘डिरेल’ गर्दै जाने हो भने देशको अवस्था के हुन्छ भन्ने बुझ्न जरुरी छ । त्यसकारण संसद पुनःस्थापना गरेर अघि बढ्नुपर्छ,’ कोइरालाले भने ।

उनले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनमा भाग लिने केन्द्रीय समितिको निर्णयलाई भने आत्मसात् गर्ने बताए । कोइरालाले भने, ‘हामीले निर्वाचनमा भाग लिने भनेका छौँ । तर, व्यक्तिगत स्वतन्त्रताको ख्याल गर्दै सांसदहरू सर्वोच्च अदालत जानुलाई अन्यथा लिनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट