२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

बुधवार , पौष २, २०८२

धरान (सुनसरी) । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले श्रमिकको सम्मान एवं देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्ने बताएका छन् ।

श्रम संस्कृति पार्टी धरान नगर समितिले आज आयोजना गरेको सवारी चालक र मजदुर सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले भने, “काम सानो ठूलो हुँदैन, सबैले श्रम गर्नुपर्छ । श्रमिकको सम्मान नगर्दा सोचे जस्तो देशमा विकास हुनसकेको छैन, श्रम संस्कृतिले मात्र राष्ट्रको समृद्धि सुनिश्चित गर्न सक्छ ।”

अध्यक्ष साम्पाङले नेपाली समाजमा कामलाई सानो ठान्ने चलनलाई चुनौती दिँदै भने, “देशमा कामलाई सानो भनिएकै कारण विकास भएको छैन । हामीले श्रमिकलाई अपमान गर्न हुन्न र सबै श्रमिकको सम्मान सुनिश्चित गर्नुपर्छ । आगामी चुनावपछि श्रमिककै प्रधानमन्त्री बन्नेछ । विकास र निकास श्रम संस्कृतिले मात्र सम्भव छ ।”

उनले थप भने, “श्रमिक भनेको केवल ढुङ्गा, गिटी वा बेल्चा बोकेर काम गर्ने मात्र होइन । शारीरिक श्रम गरेर जीविकोपार्जन गर्ने सबै मान्छे श्रमिक हुन् । हामी सबै श्रमिक हौँ र श्रमिकको सम्मानले मात्र समाज र राष्ट्र अगाडि बढ्छ ।”

कार्यक्रममा सवारी चालक, मजदुर, सामाजिक सङ्घसंस्था र पार्टीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट