काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा देशलाई सहिदिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् ।
शनिबार नेपाल मोबाईल व्यवसायी संघ काठमाडौंको दोश्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री खरेलले गलत व्यक्तिलाई चयन गरेर पाँच बर्ष रुनुभन्दा देशलाई सहिदिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गरे । देशले परिवर्तन मागेको अवस्थामा युवाहरुबाटै नेतृत्व खोज्नुपर्ने उनले बताए ।
मन्त्री खरेलले जुनसुकै पार्टीको भएपनि राम्रा व्यक्तिलाई चयन गर्न समयमा नै विवेक पुराउनुपर्नेमा जोड दिए । उनले छाटो समयमा लागि गठन भएको वर्तमान सरकारको म्याण्डेड चूनाव भएपनि सुशासन र भ्रष्टाचार अन्त्यका लागि समेत गम्भीर भएर काम गरिरहेको धारणा राखे ।
उहाले तीन महिनाको अवधिमा ३० भन्दा बढि ठूला मुद्दा अदालत पुगेको र ८ भन्दा बढि पूर्वमन्त्रीहरु अनुसन्धानको दायरामा आएको बताए ।
खरेलले भ्रष्टाचारको अनुसन्धानका वर्तमान सरकारले कुनै दवाव नदिने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस