२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रविले गरे जेनजी सहिद परिवारसँग भेट, न्यायका लागि लड्ने प्रतिवद्धता

शनिवार , पौष ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका सहिद परिवारसँग छलफल गरेका छन् ।

शनिबार काठमाडौं आएलगतै काठमाडौंको बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर जेनजी आन्दोलनका सहीद परिवारसँग छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै सहीद परिवारको न्यायका लागि लड्ने बताए । सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उनको भनाइ छ । उनले जेनजी र जेनजी सहिद परिवारको मागलाई पुरा गर्नका लागि रास्वपा र आफ्नो ऐक्यवद्धता रहेको जिकिर गरे ।

सहिद परिवारले जेनजी आन्दोलनका क्रममा छानिछानि हत्या हुँदा पनि कारवाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेको लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट