२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन हुन्छ : शेरधन राइ

सोमवार , पौष ७, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्न लागिएको जानकारी दिएका छन् ।

सोमबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले यसअघि भएको सहमति अनुसार नै कोशी प्रदेशको मन्त्रिमण्डल पुनर्गठन हुने बताएका हुन् ।

उनले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार नेतृत्व भने तोकिएको समयमा परिवर्तन हुने जिकिर गरे । राइले वर्तमान सरकार निर्वाचन गराउने भन्दा पनि राजनैतिक दलहरुबीच द्वन्द्व बढाउन लागिपरेको बताउदै निर्वाचन हुने अवस्था आए आफुहरु निर्वाचनका लागि तयार रहेको बताए ।

उनले संविधानलाई लिकमा ल्याउनका लागि संसद पुनस्र्थापना, र्सवपक्षिय सरकार, संविधान संसोधन र त्यसपछि निर्वाचन गर्नुपर्ने जिकिर गरे ।

सचिव राईले एघारौं महाधिवेशनको क्रममा स्पष्ट दुइ प्यानलमा नेतृत्वका लागि निर्वाचन भएको भएपनि पार्टी एक ढिक्का रहेको बताए । उनले हारेकाहरुको सम्मान र जित्नेहरुलाई सहयोग गर्ने गरी पार्टी जिम्मेवारी दिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट