२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा प्रदेशसभा सञ्चालन गर्छु : मधेश सभामुख

सोमवार , पौष ७, २०८२

काठमाडौं । मधेश प्रदेश सभाका नवनिर्वाचित सभामुख रामअशिष यादवले लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रभावकारी, उत्तरदायी र मर्यादित रुपमा प्रदेशसभा सञ्चालन गर्ने बताएका छन् ।

सोमबार जनकपुरस्थित प्रदेशसभा सचिवायमा पुगेरमा पदभार ग्रहण गर्र्दै सभामुख यादवले आफू कुनै दलको प्रतिनिधि नभई साझा अभिभावकका रुपमा लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रदेशसभा सञ्चालन गर्ने बताएका हुन् ।

विरोध लोकतन्त्रको आत्मा भएपनि विरोध मर्यादित र समाधानमुखी हुनुपर्नेमा उनले जोड दिए । यादवले विषयगत समितिहरूलाई सक्रिय बनाउँदै विधेयकहरुमाथि प्रभावकारी ढंगले छलफल, संशोधन र सहमति निर्माणमा सभामुखको भूमिकालाई प्रभावकारी बनाइने बताए ।

उनले सभामुख नहुँदा उपसभामुखले खेलेको भूमिकाको प्रसंसा गरे । राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई बढावा दिदै आफु अघि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट