काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच पुस १५ गतेभित्र भेटवार्ता हुने भएको छ ।
प्रधानमन्त्रीले प्रसाईंलाई पत्र पठाउँदै भेटवार्ता तय गरिएको जानकारी गराएकी हुन् ।
सरकारले सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति गठन गरेर निरन्तर संवाद गरीरहेको छ ।
सरकार र प्रसाईंबीच यसअघि पनि वार्ता भएको थियो । प्रसाईंले सरकारसमक्ष विभिन्न मागहरु राखेका छन् भने उनका मागलाई सरकारले पनि प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया दिनुहोस