२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पार्टी कार्यालय अनुगमन र संवादका लागि राजनीतिक संवाद समिति फिल्डमा खटिँदै

मंगलवार , पौष ८, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएका राजनीतिक दलका कार्यालयको अनुगमन गर्न र दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली आज फिल्डमा खटिँदैछ।

कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको उक्त समिति दल कार्यालयहरूको अनुगमन तथा संवादका लागि निस्किन लागेको हो।

समितिको कार्यक्रमअनुसार टोलीले सुरुमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुग्नेछ। त्यसपछि नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा पुगेर अनुगमन तथा छलफल गर्ने तयारी छ।

तालिकाअनुसार समिति मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसको कार्यालय सानेपा, दिउँसो १ बजे नेकपा एमालेको कार्यालय च्यासल र दिउँसो ३ बजे नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिसडाँडा जानेछ।

अनुगमन तथा संवादका क्रममा टोलीले आसन्न निर्वाचनको वातावरण निर्माण गर्ने विषयमा दलका नेताहरूसँग छलफल गर्ने र जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालयको अवस्थाबारे स्थलगत अवलोकन गर्ने बताइएको छ।

उल्लेखनीय छ, जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन माओवादी केन्द्रलगायत विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल तथा निजी व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी भएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट