२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

महाधिवेशन नगरी निर्वाचनमा गए गम्भीर मूल्य चुकाउनुपर्छ : प्रदीप पौडेल

मंगलवार , पौष ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषय पुनः पेचिलो बनेको छ । नेता प्रदीप पौडेलले पार्टीले महाधिवेशन नगरी आगामी निर्वाचनमा गए गम्भीर राजनीतिक मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

काठमाडौंमा पत्रकारसँग कुरा गर्दै पौडेलले महाधिवेशनलाई केवल आन्तरिक प्रक्रिया नभई चुनावी रणनीतिको मुख्य आधारका रूपमा व्याख्या गरेका छन्। पार्टीलाई समयानुकूल अद्यावधिक नगरी चुनावमा होमिनु कांग्रेसका लागि प्रत्युत्पादक हुने उनको ठहर छ।

उनका अनुसार महाधिवेशनले संगठनलाई चलायमान बनाउनुका साथै कार्यकर्तामा भरोसा र ऊर्जा पैदा गर्छ। यही कारण अधिवेशन गरेर चुनावमा जानु रणनीतिक रूपमा पनि फाइदाजनक हुने उनको तर्क छ।

नेकपा एमालेले महाधिवेशन सम्पन्न गरिसकेको सन्दर्भ उल्लेख गर्दै पौडेलले कांग्रेसले अझै ढिलाइ गर्नु राजनीतिक रूपमा लाजमर्दो सन्देश जाने बताए। उनले भने, ‘‘एउटा कम्युनिष्ट पार्टीले अधिवेशन गरिसक्यो, उसले सकारात्मक म्यासेज दियो । त्यसैले हामीले पनि महाधिवेशन गरौं ।’

पौडेलले महाधिवेशनमार्फत पार्टीलाई सुधार र परिवर्तनको दिशामा नलगे देशलाई नेतृत्व दिन सकिन्छ भन्ने विश्वास कमजोर हुने चेतावनी पनि दिए। विधानअनुसार पार्टी सञ्चालन गर्न नसक्नेहरूले राष्ट्र सञ्चालन गर्छौं भन्ने कुरा जनताले कसरी पत्याउने भन्ने प्रश्न उनको थियो।

उनको भनाइमा महाधिवेशन टारिनु पद र स्वार्थको राजनीतिसँग जोडिएको देखिन्छ, जसले परिवर्तन चाहँदैन भन्ने सन्देश दिन्छ। यस्तो अवस्थामा चुनाव नजिकिँदै गर्दा पार्टी न त चलायमान हुन्छ, न त उत्साहपूर्ण वातावरण नै बन्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट