काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन् ।
आज आफ्नो मुद्दाको तारेखका लागि चितवन जिल्ला अदालत पुगेका रविले सञ्चारकर्मीसँग बोल्दै यस्तो बताएका हुन् ।
यस क्रममा उनले हिजो काठमाडौंका मेयर बालेन शाहसँग छलफल गरेका थिए । बालेनलाई प्रधानमन्त्रीका लागि प्रस्तावित गर्ने सहमति भएको हो ? भन्ने पत्रकारको प्रश्नमा उनले त्यो चरणमा प्रवेश नगरेको दावी गरे ।
रास्वपाले अरु शक्तिहरुसँग पनि छलफल गर्ने भन्दै सुदन गुरुङ र कुलमान घिसिङसँग पनि छलफल गर्ने तयारी भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस