२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

निर्वाचनका लागि आवश्यक तयारी गर्न सरकारलाई नेकपाको सुझाव

मंगलवार , पौष ८, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन गर्नका लागि आवश्यक तयारी सम्पन्न गर्न सरकारलाई सुझाव दिएको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिसंगको छलफलका क्रममा संयोजक प्रचण्ड लगाएतका नेताहरुले अहिलको अवस्थामा ताजा जनादेश लिएर जेनजी युवाहरुका मागहरुलाई पुरा गर्नुपर्ने भएकाले तोकिएको समयमा नै निर्वाचन सम्पन्न हुनेगरि आवश्यक तयारी सम्पन्न गर्न सरकारलाई सुझाव दिएका हुन् ।

साथै उनीहरुले अन्य दललाई समेत विश्वासमा लिन आग्रह गरेका थिए । छलफलपछि नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले अहिलेको अवस्थामा निर्वाचन मात्रै बिकल्प रहेकाले यसमा केन्द्रीत हुन सुझाव दिएको बताए । उनले एमाले लगाएतका दललाई समेत विश्वासमा लिएर अघि बढ्न आग्रह गरिएको उल्लेख गरे ।

त्यस्तै उच्चस्तरीय राजनीतिक सम्वाद समितिका सदस्य सञ्चारमन्त्री जगदीश खरेलले संसद पुनस्र्थापना निकास नभएको भन्दै चुनावमा नै जानुपर्ने बताए । सवै दलहरु चूनावमा जान तयार रहेको अवश्थामा अब तोकिएको समयमा नै निर्वाचन हुने वातावरण बनेको उनको भनाइ छ ।

सो क्रममा उच्चस्तरीय राजनीतिक सम्वाद समितिले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको पार्टी कार्यालयको निरिक्षण र क्षतिको बारेमा जानकारी लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट