२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

प्रतिगमनकारी कदम रोक्न माग गर्दै प्रधानमन्त्रीलाई एमाले मोरङको ज्ञापन-पत्र

बुधवार , पौष ९, २०८२

विराटनगर । नेकपा एमाले मोरङले मुलुकमा हालै देखिएको राजनीतिक अस्थिरता, हिंसा र अराजकताप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबारमा ज्ञापन–पत्र बुझाएको छ।  ज्ञापन–पत्र जिल्ला प्रशासन कार्यालय मोरङमार्फत बुझाइएको हो ।

ज्ञापन पत्रमा २०८२ भाद्र २३ र २४ गते देशभर आगजनी, तोडफोड, लुटपाट तथा हिंसाका घटनामार्फत जननिर्वाचित सरकार अपदस्थ गर्ने र प्रतिनिधिसभा विघटन गर्ने जस्ता प्रतिगमनकारी तथा असंवैधानिक गतिविधि भएको उल्लेख गरिएको छ। अलोकतान्त्रिक कदम तत्काल बन्द गर्न सरकारसँग जोडदार माग गरिएको छ। लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभाको पुनःस्थापना तथा सर्वदलीयरसर्वपक्षीय सरकार गठन गर्नुपर्ने मागसमेत ज्ञापन–पत्रमा समेटिएको छ।

त्यस्तै, प्रमुख राजनीतिक दल र नेताहरूमाथि विभिन्न बहानामा प्रतिशोध साध्ने, आवागमनमा अवरोध सिर्जना गर्ने, पासपोर्ट रोक्का गर्ने तथा कथित छानबिन आयोगका नाममा झुटा आरोप लगाएर बदनाम गर्ने प्रयासले मुलुकलाई थप द्वन्द्व र मुठभेडतर्फ धकेल्ने खतरा रहेको चेतावनी दिइएको छ। यस्ता प्रतिशोधपूर्ण गतिविधि जारी रहे प्रतिवादमा उत्रिन बाध्य हुने व्यहोरा पनि ज्ञापन–पत्रमार्फत जानकारी गराइएको छ ।

ज्ञापन–पत्रमा ‘जेन्जी आन्दोलन’को आवरणमा भएको तोडफोड र आगजनीमा संलग्नहरूमाथि कानुनी कारबाहीको माग गरिएको छ। मिति २०८२ मंसिर १९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिसक्दा पनि हालसम्म कुनै कारबाही नभएको भन्दै दोषीमाथि अविलम्ब कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

यसैगरी, पछिल्ला दिनहरूमा विभिन्न बहानामा सामाजिक सद्भाव खलल पुर्‍याउने गतिविधि देखिन थालेको उल्लेख गर्दै त्यस्ता प्रवृत्ति निरुत्साहित गर्न तथा राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउन सरकारसँग आग्रह गरिएको छ।

ज्ञापन–पत्रमार्फत मुलुकमा बढ्दो अनुशासनहीनता र अराजकताको अन्त्य गर्दै सुशासन र शान्ति–सुरक्षाको सुनिश्चितता गर्न तथा निष्पक्ष निर्वाचनका लागि अनुकूल वातावरण तयार गर्न सरकारसँग माग गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट