काठमाडौं । नेपाल सरकारको उच्चस्तरीय राजनीतिक संवाद कार्यदलको राजनीतिक भेटघाट कार्यक्रम अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीसँग भेटघाट भएको छ ।
आज दिउँसो ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सरकार र रास्वपाको भेटवार्ता भएको हो ।
भेटमा संवाद कार्यदल संयोजक तथा कानुन मन्त्री, अनिल सिन्हा, सुचना तथा सञ्चार मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय भद्र खनाल थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डिपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहको उपस्थिति रहेको थियो ।
उक्त भेटमा समसामयिक राजनीतिक विषयमा र आगामी फागुन २१ गते तोकिएको निर्वाचनका विषयमा छलफल भएको छ ।

रास्वपाले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
बुधबार पार्टी कार्यालय बनस्थलीमा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिसंगको छलफलका क्रममा रास्वपाका नेताहरुले निर्वाचनका साथै सुशासन कायमका लागि सरकारले चालेका कदमप्रति पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

तोकिएको समयमा नै निर्वाचन हुनुपर्नेमा रास्वपाको मत रहेको र निर्वाचनको तयारीमा गरेको सहयोगप्रति रास्वपाप्रति आभार व्यक्त गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्य सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । निर्वाचनका लागि सरकारले गरेको तयारीप्रति रास्वपाले प्रसंसा गरेको खरेलले बताए ।
उनले चूनावका सन्दर्भमा सबैलाई विश्वासमा लिनका लागि बिभिन्न राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गरेको बताए ।

प्रतिक्रिया दिनुहोस