२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

स्वतन्त्र विद्यार्थी युनियनले पुष १४ गते बानेश्वर बहुमुखी क्याम्पसमा विशेष कार्यक्रम गर्दै, प्रचण्ड सहभागी हुने

बुधवार , पौष ९, २०८२

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन, बानेश्वर बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पसको इतिहासमा महत्वपूर्ण योगदान पुर्‍याएका पूर्व स्ववियु सभापतिहरू, क्याम्पसको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने खेलाडी विद्यार्थीहरू तथा क्याम्पसमा क्रियाशील विभिन्न विद्यार्थी संगठनका पूर्व तथा वर्तमान अध्यक्षहरूलाई सम्मान गर्ने विशेष कार्यक्रम आयोजना गरेको छ।

यसै अवसरमा क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम समेत आयोजना गरेकाे स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारीले बताए । विद्यार्थी नेतृत्व, खेलकुद र संगठनात्मक योगदानको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो।

उक्त कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनको निमन्त्रणालाई स्वीकार गर्दै गणतन्त्र नेपालका प्रथम पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने भएको छ।

कार्यक्रममा क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारी तथा सरोकारवाला महानुभावहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। स्वतन्त्र विद्यार्थी युनियनले पाैष १४ गते सम्पूर्णलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट