२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

जेनजी जनविद्रोह यथास्थितिमा परिणत नहोस् : प्रभु साह

बुधवार , पौष ९, २०८२

काठमाडौँ । आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक जेनजी जनविद्रोहलाई यथास्थितिमा परिणत गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

आमजनता पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष साहले मुलुक गम्भीर सङ्कटतर्फ धकेलिँदै गएको तर्क गरे ।

अध्यक्ष साहले भ्रष्टाचार, बेथिति र दलीय अत्याचार मौलाउँदै जाँदा जनआन्दोलन कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गरे । उनले भने, “जेनजी जनविद्रोह यथास्थितिमा परिणत नहोस् ।” उनका अनुसार यही अवस्थाविरुद्ध तेस्रो जनआन्दोलनको स्पष्ट रणनीति तय गर्न बैठक आह्वान गरिएको हो ।

बैठकमा समसामयिक राजनीति, सङ्गठन सुदृढीकरण, आगामी कार्ययोजना र आन्दोलनको स्वरूपबारे छलफल भइरहेको पार्टीका प्रवक्ता चन्द्र भुषण साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट