काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ। हिजोबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
हिजोको बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको थियो। अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेका थिए।
बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ दिएका थिए। उनले वडा र क्षेत्रीय अधिवेशन गरी सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्। यस प्रस्तावमा नेताहरूले धारणा राख्ने क्रम आज पनि जारी रहने छ।
प्रतिक्रिया दिनुहोस