चितवन । आगामी निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
बिहीबार चितवन निर्वाचन क्षेत्र नं। ३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो । भरतपुर महानगरपालिकामा रेनुको अझै एक वर्षे कार्यकाल बाँकी नै छ ।
उनले मेयर पदबाट राजीनामा दिएर चुनावमा होमिने तयारी गरेकी हुन् । उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने सो पार्टीका नेता सन्तोष पनेरुले जानकारी दिए ।
सर्वसम्मत उम्मेदवार सिफारिस बैठकमा दाहाल आफैँ पनि उपस्थित थिइन् । उनले जनताको अपार मायालाई सधै साथमा लिएर आगामी निर्वाचनमा लाग्ने बताइन् ।
चितवन निर्वाचन क्षेत्र नं। ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वटा वडाहरू पर्दछन् ।
प्रतिक्रिया दिनुहोस