काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
बिहीबार ललितपुरस्थित मेयर बालेनका सहयोगी कुमार बेनको निवासमा भेटवार्ता भएको हो ।
उनीहरूबीच समसामयिक राजनीतिक र आगामी निर्वाचनका विषयमा छलफल भइरहेको बताइएको छ ।
यसअघि आजै मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस