२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

आगामी निर्वाचन नयाँ शक्तिहरुको प्रस्थानबिन्दु हुनुपर्छ : कुलमान घिसिङ

बिहिवार , पौष १०, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचन नयाँ शक्तिहरुको प्रस्थानबिन्दु हुनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार उज्यालो घर, केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा घिसिङले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचन नयाँ शक्तिहरुको प्रस्थानबिन्दु हुनुपर्ने बताएका हुन् ।

नेपालको समृद्धि र सुशासनको लागि युवा अगाडि बढ्नुपर्ने भन्दै उनले नयाँ शक्तिहरू एकताबद्ध हुनुपर्छ सुझावहरु आएको जानकारी दिए । घिसिङले नयाँ शक्तिहरुको टीम बनाएर नै निर्वाचनमा होमिने संकेत समेत गरे ।

सम्पूर्ण नयाँ शक्ति, नेपाल व्यक्तित्व, समूह, पार्टीहरु एक भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको उनले बताए ।

उनले निर्वाचनबाट देशको परिवर्तन गर्ने र देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउन उज्यालो पार्टीले नेतृत्व लिने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट