काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बिहीबार पनि पार्टीको महाधिवशेनका साथै समानूपातिक सूची तयार गर्ने बिषयमा छलफल भएको छ ।
बिहीबारको बैठकपछि कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले समानूपातिक सूची तयार गर्नका लागि बिभिन्न मापदण्डका बारेमा छलफल भइरहेको जानकारी दिएका हुन् । युवाहरुको भावनालाई बुझ्न सक्ने, संसदमा प्रभावकारी निर्वाह गर्न सक्ने, अवसर प्राप्त गर्न नसकेकाहरुर्ला समेटेर सवै जिल्ला समावेश हुने गरि समानूपातिक सूची तयार गरिने उनले बताए ।
त्यस्तै महाधिवेशनको कार्यतालिकाका आधारमा तयारी गर्ने बिषयमा पनि छलफल भइरहेको उनको भनाइ छ । प्रवक्ता महतले क्रियाशिल सदस्यताको बिबादका कारण जिल्ला अधिवेशन समयमा नै हुने नदेखिएको बताए ।
उनले पार्टीका सदस्यहरुले कसैले कसैलाई दोष नदिइ विधिसम्मत रुपमा क्रियाशिल सदस्यताको बिषयलाई टुङ्गोमा पुराउनुपर्ने धारणा राखे । केन्द्रीय समिति बैठक केहि दिन चल्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस