२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

बिहिवार , पौष १०, २०८२

पाटन (ललितपुर) । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा आज अपराह्न सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकमा निर्वाचनको वातावरण बनिनसकेको बताए । ढुक्क भएर चुनावमा जान सक्ने अवस्था सृजना भइनसकेकाले सरकार निर्वाचनको विश्वसनीय वातावरण बनाउनेतर्फ लाग्नुपर्नेमा उनले जोड थियो ।

“निर्वाचनको विश्वसनीय वातावरण नबनेकाले संसद् पुनःस्थापनाको आवाज उठेको हो,” उनले भने ।

उपसभापति गुरुङले सबै मिलेर निर्वाचनमा जानुपर्ने, त्यो निर्विवाद रुपमा हुनुपर्ने र निर्वाचनमा नै सरकारको अर्जुनदृष्टि हुनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट