२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, क्रियाशील सदस्यता र महाधिवेशन मुख्य एजेन्डा

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्न लागेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबारदेखि सुरु भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आफ्ना धारणा राखिसकेका छन् ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले आगामी १६ दिनभित्र क्रियाशील सदस्यताको काम टुंग्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै सो काम सकेर वडा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशनमा जान प्रस्ताव गरेका छन् ।

उनले महाधिवेशनको मिति केही दिन तलमाथि हुन सक्ने सम्भावना पनि औँल्याएका छन् ।

यस्तै, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले क्रियाशील सदस्यताको विषय टुंग्याएर महाधिवेशन प्रक्रिया अघि बढाउन खासै कठिनाइ नभएको बताएका छन् । उनका अनुसार क्रियाशील सदस्यता नै सबैभन्दा ठूलो चुनौती भएकाले वडादेखि सुरु हुने कार्यतालिका प्रभावित हुने अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट