काठमाडौँ । नेपाली अटोमोबाइल क्षेत्रको उदयीमान ब्रान्ड नामीले आफ्नो कर्पोरेट सामाजिक उत्तर दायित्व (CSR) पहल अन्तर्गत सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेनहोमका बालबालिकालाई आफ्नो शोरूममा न्यानो स्वागत गरेको छ।
यो भ्रमण बालबालिकाका लागि खुसी र अर्थपूर्ण अनुभव सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको हो। साथै, नामीको व्यवसायका अलावा समाजलाई योगदान दिने र खुसी बाँड्ने प्रयासलाई बलियो बनाउने अवसरका रूपमा यो भ्रमण सफल भएको छ।
भ्रमणको सुरुमा नामीले बालबालिकालाई उनीहरूको आश्रयस्थलबाट स्नेहपूर्वक शोरूम सम्म ल्याएको थियो।त्यसपछि गराइएको शोरूमको गाइडेड टुरले बालबालिकालाई आत्मीयता, सम्मान र उत्साहको अनुभूति गरायो। भ्रमण अवधिभर नामी टिमले बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरूको अनुभवलाई रमाइलो र सम्झन लायक बनाएका थिए।
बालबालिकाको खुसीलाई अझै बढाउन नामीले जलपान र उपहारको व्यवस्था पनि गरेको थियो। साथै, सान्ता क्लजसँगको रमाइलो भेटले पनि उनीहरूको उत्साह र आनन्द थप बढाउन सफल भयो। सबै जनासँगै बसेर खानपिन गर्दै बिताएका क्षणहरूले सहजता र हर्षको वातावरण सिर्जना गरेको थियो, जसले बालबालिका र टिमका सदस्यहरू बीच आत्मीय सम्बन्ध स्थापित गराउन सफल भयो। बालबालिकाको उपस्थितिले शोरुम हाँसो, मुस्कान र उमंगले भरिपूर्ण भएको थियो, जसले गर्दा यो भेट साँच्चिकै मन छुने बनेको थियो।
यस भ्रमणको विशेष क्षणहरू मध्ये एक तस्बिरमा यी खुसीका पलहरूलाई कैद गर्नु पनि थियो। सबैले खुसी, एकता र ममताको प्रतीककारूपमा सामूहिक तस्बिर खिची भ्रमणका रमाइला सम्झनाहरू सुरक्षित गरेका थिए। यी तस्बिरहरूले यो यादगार समय र सद्भावना बाँड्दा प्राप्त हुने साना तर गहिरा खुसीको सम्झना दिलाउने छन्।
स-साना स्नेहि पहलहरूले बालबालिकाको जीवनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्छ भन्नेमा नामीले विश्वास राखेकाे छ। समुदाय केन्द्रित गतिविधिहरूमा निरन्तर साथ दिँदै, भविष्यमा पनि यस्ता पहलहरू जारी राख्ने र जहाँ सम्भव छ त्यहाँ मुस्कान फैलाउँदै अर्थपूर्ण परिवर्तन ल्याउने कार्यमा नामी प्रतिबद्ध रहेकाे कम्पनीले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस