२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाललाई प्राथमिक बजारका रूपमा अघि सार्दै डोङफेङका उच्चस्तरीय नेतृत्वको औपचारिक भ्रमण

सोमवार , पौष १४, २०८२

काठमाडौं । डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेड (DFMIEC) का अध्यक्ष वाङ लङको नेतृत्वमा रहेको एक वरिष्ठ प्रतिनिधिमण्डल औपचारिक निरीक्षण तथा एक्सचेन्ज भ्रमणका लागि नेपाल आएको छ।

यस भ्रमणको उद्देश्य नेपालमा डोङफेङको बजार प्रदर्शन, सञ्चालन संरचना तथा समग्र उपस्थितिको समीक्षा गर्नुका साथै स्थानीय साझेदार र ग्राहकसँगको सहकार्यलाई थप मजबुत बनाउनु रहेको थियो।

डोङफेङ मोटरको नेपाली बजारप्रतिको चासो र दीर्घकालीन विकासको सम्भावनाका आधारमा यो भ्रमण तय भएको थियो। प्रतिनिधिमण्डलमा DFMIEC का अध्यक्ष वाङ लङ, स्ट्राटेजिक अपरेसन्स डिपार्टमेन्टका निर्देशक झाओ सियाओजीए, ह्युमन रिसोर्स डिपार्टमेन्टका निर्देशक चेन जियान तथा दक्षिण एसिया क्षेत्रका क्षेत्रीय प्रबन्धक हे जिक्सिन सहभागी थिए।

टोलीले नेपालमा हाल भइरहेका बजार गतिविधिहरूको अवलोकन गर्नुका साथै पूर्वाधार र आफ्टर सेल्स सर्भिसको मूल्याङ्कन गर्दै भविष्यको विकास, विस्तार र तीव्र बजार पहुँचका अवसरहरूबारे अध्ययन गरेको थियो।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नेपालमा डोङफेङको हालसम्मको प्रदर्शनको समीक्षा गर्दै ग्राहक प्रतिक्रिया, बजारको ट्रेण्ड तथा सञ्चालन दक्षताबारे जानकारी लिएको थियो। साथै, विद्यमान फ्यासिलिटीहरूको मूल्याङ्कन गर्दै ब्रान्ड उपस्थितिलाई अझ सशक्त बनाउने, ग्राहक अनुभव सुधार गर्ने र नेपाली बजारका लागि उत्पादन रेन्ज विस्तार गर्ने रणनीतिहरूमाथि छलफल गरिएको थियो।

भ्रमणको अवसर छोपेर डोङफेङका प्रतिनिधिमण्डलले ग्राहकहरूलाई नामी गाडीहरू पनि हस्तान्तरण गरिका थिए जुन यस ब्रान्डको लागि नेपालमा एक महत्वपूर्ण उपलब्धि हो। यस महत्त्वपूर्ण अवसरले डोङफेङ र नामीको भरपर्दो र भ्यालु बेस्ड मोबिलिटी सोलुसन्स प्रदान गर्ने तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।

भविष्यको सहकार्य र बजार विकाससम्बन्धी सकारात्मक छलफलसँगै भ्रमण सफलतापूर्वक सम्पन्न भएको थियो। डोङफेङ मोटरले नेपालमा आफ्ना गतिविधिहरू संचालन गर्न निरन्तर सहयोग गर्ने, स्थानीय साझेदारसँग निकट रहेर काम गर्ने, पूर्वाधारहरू सुदृढ गर्ने, सेवा गुणस्तर सुधार गर्ने र विकसित हुँदै गएको नेपाली ईभी बजारमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ