विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कोशी प्रदेश अन्य समूहतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन ।
अन्य समूहतर्फ नेकांका थापाको एकल उम्मेदवारी दर्ता भएको राष्ट्रिय सभा सदस्य निरर्वाचन ,२०८२ निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।
निर्वाचनका लागि कोशी प्रदेशको अन्य दलित समूह र महिला महिला समूहको दुई स्थानका लागि चार जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै दलित र महिला समूहतर्फ नेकां र एमाले गठबधन दलकातर्फबाट नेकपा सोम पोर्तेले र रोश्नी मेचेले मनोनयन पत्र दर्ता गराएका छन् ।
यसैगरी नेपाली कम्यूनिष्ट पार्टीले दलित र महिला समूहतर्फ खेमराज सुन्दास र नमिता न्यौपानेले मनोनयन दर्ता गराएका छन ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशको मतभार १० हजार १३५ रहेको छ । निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन् ।
प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको १९ रहेको छ ।
कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११४ ( उपनिर्वाचनमा मोरङको ग्रामथान अध्यक्ष गुमाएको), एमालेका ११०, नेपाली कम्युनिष्ट पार्टीका ३९ (तत्कालिन माओवादीका ३२ र नेकपा एसका ७), जसपा नेपाल र राप्रपाका ४/४, श्रम संस्कृति पार्टी एक र स्वतन्त्र दुई जना रहेका छन् ।
प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७ ( तत्कालिन माओवादी १३ र नेकपा एस ४), राप्रपाका ६ र जसपा १ सांसद छन् ।
कोशी प्रदेशमा स्थानीय र प्रदेश सहित कांग्रेसको मतभार तीन हजार ७०३, एमालेको ४ हजार २१०, नेकपाको एक हजार ६४२, राप्रपाको ३९४ र जसपा नेपालको ७६, जसपाको ५३, श्रम संस्कृति पार्टीको १९ र स्वतन्त्रको ३८ मतभार रहेको छ ।
प्रतिक्रिया दिनुहोस