२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गरे कांग्रेस विशेष महाधिवेशन आह्वान

बुधवार , पौष २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी विशेष महाधिवेशन आह्वान गरेका छन् ।

बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीहरूले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन माग गरेका हुन् ।

उनीहरूले विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउन विशेष केन्द्रीय महाधिवेशनमा सहभागी हुन भनेका छन् ।

विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए ।

बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन, जनभावना अनुरुपको नीति निर्माण गर्नका लागि विशेष निर्णय लिनु अपरिहार्य भएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट