२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

संस्थापन पक्षले मुठभेडको अवस्था सिर्जना गर्न खोज्यो : कांग्रेस विशेष महाधिवेशन पक्षधर

बिहिवार , पौष २४, २०८२

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले आफूहरुले विशेष महाधिवेशन राखेकै दिन पार्टी कार्यालयमा युवा भेला राखेर संस्थापन पक्षले मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पक्षले विशेष महाधिवेशन राखेकै दिन कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट केन्द्रीय समितिका नाममा र युवा भेला भनेर केन्द्रीय कार्यालयमा अर्को एउटा भेला आयोजना गरेर कांग्रेसका कार्यकर्ताबीच मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको हो ।

विशेष महाधिवेशनमा पार्टी नेतृत्वको समेत साथ रहने आफूहरुको विश्वास रहेकाले केन्द्रीय कार्यालयमा युवा भेला आयोजना नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता अजयबाबु सिवाकोटीले विशेष महाधिवेशन पक्षले पार्टी कार्यालय कव्जा गर्छन् भन्ने लागेर युवा भेला बोलाइएको हो भने त्यस्तो खालको बालहटको काम आफुहरुबाट नहुने बताए । उनले विशेष महाधिवेशनको औचित्य सकियो भन्ने आदेशलाई खारेज गरिएको उल्लेख गरे ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा उपस्थितिका लागि सहभागिताका लागि आग्रह गरेको अवस्थामा पुष २७ र २७ गते हुने विशेष महाधिवेशनको तयारी तीव्र रुपमा अघि बढेको उनले बताए ।

पुष २७ र २७ गते विशेष महाधिवेशन आयोजना गर्न सो पक्षले काठमाडौंको भृकुटिमण्डपमा समेत तयारी गरेको छ । भृकुटिमण्डपभित्र पार्टीको झण्डा राख्नेदेखि महाधिवेशन स्थल निर्माणका लागि काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट