२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कुलमान घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा छ : सभापति लामिछाने

बिहिवार , पौष २४, २०८२

नारायणगढ, (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।

आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भने, “उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ ।”

केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो ।

सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरियतामा राख्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट