विराटनगर । आगामी फागुन २१ गतेको निर्वाचनको लागि कोशी प्रदेशबाट एमालेका चारजनाको नाम एकल सिफारिस भएको छ ।
नेकपा एमालेको कोशी प्रदेश कमिटीको बिहिबार विराटनगरमा सम्पन्न सचिवालय बैठकले चार जनाको नाम एकल सिफारिस गरेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट, नेकपा एमालेका सचिव शेरधन राई भोजपुरबाट एकल सिफारिस गरेको छ ।
त्यस्तै सुनसरी सुनसरी ४ बाट जगदीश कुशेत र इलाम २ बाट सुहाङ नेम्बाङको नाम एकल सिफारिस भएको हो । कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र छन् । बैठकले केन्द्रको निर्देशन अनुसारको एक महिला सहित सबैको तीन जनाको नाम केन्द्रमा सिफारिस गर्न पदाधिकारीलाई जिम्मा दिएको छ ।
त्यस्तै धनकुटाबाट एकल नाम सिफारिस गरेका राजेन्द्रकुमार राईको क्षेत्रमा टिकाराम चेम्जुङ र शकुन्तला बस्नेतको नाम थपेर पठाउने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस