विराटनगर । कोशी प्रदेश सरकारको बिहिबार बसेको बैठकले विभिन्न तीनवटा निर्णय गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषदको कार्यसम्पादनमा राय सुझाव, सल्लाह र मन्त्रिपरिषदलाई सहयोग गर्न विभिन्न समिति बनाइएको छ ।
पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली संयोजक रहेको राजनीतिक तथा प्रशासन समिति, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली संयोजक रहेको कानुन न्याय तथा प्रदेश मामिला समिति र पूर्वाधार विकास मन्त्री प्रदिप सुनुवारको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति बनाइएको छ ।
बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन समेत गरेको छ । त्यस्तै बैठकले कोशी प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई तोकेको छ ।

प्रतिक्रिया दिनुहोस