२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

प्रतिनिधिसभा निर्वाचन : बारा-३ मा रास्वपाबाट प्रज्वल कुमारको चर्चा, को हुन् उनी ?

शुक्रवार , पौष २५, २०८२

बारा। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रज्वल (प्रमोद) कुमार तिमिल्सिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा क्षेत्र नं.३ का सम्भावित उम्मेदवार हुन् । कलैया उपमहानगरपालिका–७, बैरियाका स्थायी बासिन्दा उनी अहिले सम्भावित उम्मेदवारको चर्चामा रहेका छन् ।

उनले अमेरिकी दूतावास, बुटवल पावर र जिटिजेड परियोजनामा २५ वर्षभन्दा बढी प्राविधिक अनुभव लिएका छन्। वरिष्ठ प्राविधिकको रूपमा काम गरेका उनी उर्जा, जलविद्युत र पूर्वाधार विकासमा विशेषज्ञ मानिन्छन्।

बारा–३ का लागि उनले चार मुख्य योजना प्रस्तुत गरेका छन् ।

कृषि उर्जा: सौर्य सिँचाइ र कोल्ड स्टोरेज पाइलट परियोजना – किसानको आम्दानी दोब्बर।

युवा रोजगार: 'युवा प्राविधिक प्रशिक्षण केन्द्र' – विद्युत, सोलार र एचभ्याक प्रविधिकारको रोजगारी।

स्मार्ट नगर : कलैयालाई नमूना स्मार्ट सहर बनाउने – पानी, मल, जलविद्युत र डिजिटल सुविधाको व्यवस्थित व्यवस्थापन।

शिक्षा गुणस्तर : स्थानीय विद्यालयहरूमा प्राविधिक ल्याब र आधुनिक शैक्षिक सामग्रीको व्यवस्था।

उनी आफूलाई वंश वा धनले नभई काम र सेवाले परिचित हुने उम्मेदवार हुने विश्वासका साथ स्थानीय विकास र पारदर्शी नेतृत्व दिने दाबी गर्छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट