काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बहिस्कार गरेका छन्।
आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुवै महामन्त्री अनुपस्थित रहेका नेताहरूले जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेशका सभापतिहरूलाई बोलाइएको भए पनि थापा र शर्माले भाग लिएका छैनन्।
महामन्त्रीहरूले विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाएका छन्। उनीहरूले फागुन २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन्।
प्रतिक्रिया दिनुहोस