२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगित

शनिवार , पौष २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले आज हुने सबै कार्यक्रम स्थगित गरेको हो ।

विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा र्याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज तय भएका सबै कार्यक्रम स्थगित भएको जानकारी दिए ।

भोलि पुस २७ गते तय भएका कार्यक्रम भने यथावत रहेको नेता आचार्यले बताए । भोलि भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन उद्घाटन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट