२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नेपाली कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधिहरुको नाम दर्ता सुरु

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता सुरु भएको छ। बिहान ८ बजे सुरु हुने तयारी भए पनि केही ढिला गरी स्टलबाट नाम दर्ता थालिएको हो।

महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार, प्रतिनिधिले परिचय खुल्ने कागजात र पासपोर्ट साइजको फोटो पेश गरी नाम दर्ता गर्नुपर्नेछ। नाम दर्ताको शुल्क एक हजार तोकिएको छ।

उद्घाटन कार्यक्रम आज मध्याह्न १२ बजे हुने तय छ। उद्घाटन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले गर्नेछन् भने बन्द सत्रको सभापतित्व जेष्ठ सदस्यले सम्हाल्नेछन्।

पार्टीको ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेका थिए। सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन्। संस्थापन पक्षले यसलाई अस्वीकार गरेको छ।

विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट