काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा २८०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै आज २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो।
शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस