२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

विशेष महाधिवेशनले गरेको निर्णय कार्यान्वयन हुनुपर्छ : गोपालमान श्रेष्ठ

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंको भृकुटिमण्डपमा विशेष महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै श्रेष्ठले पार्टीलाई विधि र विधान अनुसार अगाडी बढ्न दिनुपर्ने भन्दै विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन हुनुपर्ने बताएका हुन् । आफु कुनै पद माग्न वा व्यक्तिगत स्वार्थका लागि नभइ काँग्रेसको र देशको अस्तित्वको बारेमा बोल्न आएको उनले बताए ।

उनले जेनजी आन्दोलनपछि पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्ने धारणा राखे । पार्टीका नेताहरुले इतिहासको ब्याज मात्र खाएर अब भविष्य नचल्ने उल्लेख गर्दै श्रेष्ठले जनताको अपेक्षा बदलिएको अवस्थामा पार्टी चल्ने शैलि पनि बदल्नुपर्ने बताए ।

उनले कांग्रेस कमजोर भयो भने देशको लोकतन्त्र कमजोर हुने भएकाले पार्टीको हितको लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुनुपर्ने उल्लेख गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट