२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

शेरबहादुर देउवालाई रोइलो छाडेर महाधिवेशनमा आउन सुनिल शर्माको आग्रह

आइतवार , पौष २७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिल शर्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई रोइलो छाडेर विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै शर्माले यस्तो बताएका हुन् ।

उनले शेरबहादुर ठुलो इतिहास बोकेको नेता भएकाले भोलिबाट सुरु हुने बन्द सत्रमा सहभागी हुन आग्रह गरे ।

उनले अग्रजहरूले बनाएको पार्टी देखेर अहिले वीपी कोइरालादेखि सुशील कोइरालासम्मको आत्म रोइरहेको भन्दै विधि र पद्दतिका लागि कांग्रेस डगमगाउन नहुने बताए ।

उनले कांग्रेस मारकाट र झगडामा विश्वास नगर्ने मध्यमार्गी पार्टी भएको बताए ।

उनले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई पनि भृकुटीमण्डपमा उपस्थित भिडले गिज्याएको टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट