२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

जसपा नेपाल र लोसपाबीच पार्टी एकता, महन्थ संरक्षक र उपेन्द्र अध्यक्ष हुने

आइतवार , पौष २७, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकताका लागि १२ बुँदे सम्झौता भएको छ ।

सम्झौता अनुसार, ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ ।

जसमा महन्थ ठाकुरलाई संरक्षक बनाइएको छ भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् ।

समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ । पार्टीको थप एकीकरण प्रकृया प्रचलित कानुन बमोजिम हुनेछ ।

एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहनेछ । फागुन २१ गते चुनावका लागि चयन गर्ने उम्मेदवारको लागि संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट