काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा भएको कमीकमजोरीको जिम्मा आफूहरूले पनि लिने बताएका छन् ।
आइतबार काठमाडौंको भृकुटिमण्डपमा विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टीमा भएको कमीकमजोरीको ड्राइभिङ सिटको छेउमा आफूहरू पनि बसेकाले जिम्मेवारी लिने बताउँदै यस विशेष महाधिवेशनले कांग्रेस सुधार गर्ने सङ्कल्प गर्ने बताए ।
त्यस्तै, उनले पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिने भन्दै नयाँ परिस्थिति निर्माण गरेर सोच बदल्नुपर्ने बताए ।
उनले भने, ‘अहिलेको परिस्थितिलाई सामना गर्न, नयाँ परिस्थिति निर्माण गर्न नयाँ सोच बनाउनुछ । पुरानै आनीबानी राखेर नयाँ भविष्य बनाउन सकिँदैन ।’
उनले कांग्रेस विशेष महाधिवेशनको उपस्थितिले कांग्रेस बदल्ने मात्र नभई देश बदल्ने सोच राखेको बताए ।
प्रतिक्रिया दिनुहोस