२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

विशेष महाधिवेशनः साँझसम्म दुई हजार १२० सहभागीको नाम दर्ता

आइतवार , पौष २७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन प्रक्रियाअन्तर्गत अहिले साँझ ५ः३० बजेसम्म दुई हजार १२० प्रतिनिधिले नाम दर्ता गरेका छन् ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको दुईदिने महाधिवेशनको पहिलो दिन आज यहाँ आठवटा ‘स्टल’बाट नाम दर्ता भइरहेको र सो क्रम अहिले पनि जारी रहेको विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए ।

नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँको सभापतित्वमा सञ्चालन भएको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा गरेका थिए ।

नेपाली कांग्रेसका नेताहरुको उद्घाटनसत्रका क्रममा मन्तव्य राख्ने र सहभागी महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गर्ने क्रम अहिले पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट