२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेस दास र लासहरूको पार्टी होइन, जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस दास र लासहरुको पार्टी नभई जिउँदो मानिसहरूको पार्टी भएको बताएका छन् ।

काठमाडौंमा पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले प्रश्न गर्न नसक्ने समाजले उत्तर पनि नपाउने भन्दै जिउँदो कांग्रेसले समाजको जिम्मेवारी पूरा गर्न सक्ने बताए ।

उनले विशेष महाधिवेशनको उद्घाटनमा सभापति शेरबहादुर देउवालाई ल्याउने प्रयास गरेको भए पनि सम्भव नभएको बताए । आफूहरूले शक्ति र पार्टीभित्रको सत्ताको सङ्घर्ष नगरेको उनले बताए ।

त्यस्तै, महामन्त्री थापाले सभापति देउवालाई राजीनामा दिन र समयको मागअनुसार मार्गप्रशस्त गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट