२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सुन र चाँदीको मूल्यले पुन: बनायो नयाँ रेकर्ड, यस्तो छ कारण

सोमवार , पौष २८, २०८२

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा ४ हजार १ सय रुपैयाँको वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २०५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ४ हजार ९९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसारअमेरिकाले निम्त्याएको विश्वव्यापी तनावले अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी मँहगिएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट