२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पार्टी फुटाउने प्रयास भएको छ तर फुट्दैन भन्नेमा विश्वस्त छु : देउवा

सोमवार , पौष २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नफुट्ने विश्वास व्यक्त गरेका छन् ।

विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको आरोप लगाउँदै पार्टी फुट्दैन भन्नेमा आफू ढुक्क रहेको बताए ।

सोमबार बिहान देउवासँग भेट गर्न गएका नेता-कार्यकर्तासँग देउवाले यस्तो विश्वास व्यक्त गरेका हुन् । भेटमा उनले भने, ‘पार्टी फोड्ने प्रयास गरेका छन् तर पार्टी फुट्दैन । म विश्वस्त छु।’

विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने पन उनको भनाइ छ । संस्थापन पक्षकै केही नेताहरु आज बिहान देउवालाई भेट्न गएका थिए । उनले यो विशेष महाधिवेशन वैधानिक नभएको बताएका छन् ।

जारी विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्रका कार्यक्रम सुरु हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट