काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज दोस्रो दिन बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रको अध्यक्षता जेष्ठ सदस्य श्यामकुमार खड्काले गर्ने भएका छन् ।
बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि खड्कालाई दिने निर्णय भएको प्रचारप्रसार समिति संयोजक सुभास पोखरेलले बताए ।
बन्दसत्रको सञ्चालन भने कास्की सभापति किशोरदत्त बरालले गर्नेछन् । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ । दुई जना महामन्त्रीले विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने भएका हुन्।
महाधिवेशनमा २६०० बढी प्रतिनिधिले नाम दर्ता गरेको दाबी छ ।
प्रतिक्रिया दिनुहोस