२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

चेम्बरको विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका सार्वजनिक

सोमवार , पौष २८, २०८२

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले विपद् जोखिम न्यूनिकरण सहयोगी पुस्तिका सार्वजनिक गरेको छ ।

चेम्बरको अगुवाइमा नेपाल इमरजेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड (नेपा), इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज, इभेन्ट एण्ड भेन्यू एशोसिएसन नेपाललगायतका संस्थाको सहकार्यमा उक्त पुस्तिका सार्वजनिक गरिएको हो ।

पुस्तिकामा भूकम्प, बाढी, पहिरो, भू–क्षयलगायत प्राकृतिक विपद्बाट हुने सम्भावित क्षति न्यूनिकरणका लागि पूर्वतयारी, प्रतिकार्य योजना, उद्धार व्यवस्थापन तथा अस्थायी आश्रयस्थल निर्माणजस्ता विषय समेटिएको छ ।

पुस्तिक सार्वजनिक समारोहमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले सुरक्षित भविष्य निर्माणका लागि राज्य, निजी क्षेत्र र समुदाय सबैको सामूहिक जिम्मेवारी अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट