२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, लाभांश वितरणको प्रस्ताव पारित

बुधवार , पौष ३०, २०८२

काठमाडौँ । नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोषको साधारणसभाले गत आर्थिक वर्ष २०८१–८२ को आम्दानीबाट पाँच प्रतिशत बोनस शेयर र आठ प्रतिशत नगद लाभांश (नगदसमेत) वितरणको प्रस्ताव पारित गरेको हो ।

कोषको गत आवको कर पछिको खुद नाफा रु एक अर्ब २५ करोड ६० लाख रहेको छ । जसमध्ये रु २५ करोड १२ लाख साधारण जगेडा कोषमा राखी बाँकी रकमबाट लाभांश वितरण गरिएको हो ।

कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट गत आव २०८१–८२ मा रु दुई खर्ब ६६ अर्ब ६५ करोड खुद कोष सङ्कलन भएकामा चालु आवको असोज मसान्तसम्ममा बचत परिचालन मौज्दात रकम रु दुई खर्ब ९६ अर्ब ८९ करोड पुगेको जनाएको छ ।

साधारणसभाले कोषको वार्षिक प्रतिवेदन, गत आव २०८१–८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत पारित गरेको छ । साधारणसभाले सर्वसाधारण शेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरेलाई सर्वसम्मत चयन गरेको छ ।

साधारणसभामा कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले गत आवको लाभांशबाट शेयरधनी सन्तुष्ट देखिनु, कोषका कर्मचारीको सेवासुविधा र वृत्तिविकासलगायत विषयमा चासो देखाउनु सकारात्मक रहेको बताए । उनले संस्थालाई व्यवस्थित बनाएर लैजान दूरदर्शी ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शेयरधनीले साधारणसभामा दिएका सुझाव सम्बोधन गरिने प्रतिबद्धता जनाए । साथै संस्थालाई सुशासित संस्थाका रूपमा अघि बढाउँदै लगिएको उनले दाबी गरे ।

कार्यकारी निर्देशक कार्कीले कोषले नेपाल वायुसेवा निगममा गरेको कर्जा लगानीको असुलीमा जटिलता देखिएको बताए । निगमले विमान खरिदका लागि कर्जा लग्दा नेपाल सरकार ‘ग्यारेन्टी’ बसेको उल्लेख गर्दै उनले ढिलोचाँडो असुली हुने अपेक्षा व्यक्त गरे ।

त्यस्तै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषले शिक्षा, विपद् व्यवस्थापन तथा पुनर्निर्माणका क्षेत्रमा खर्च गरेको उनको भनाइ छ । कोषका तथ्याङ्क क्रमशः ‘डिजिटलाइज्ड’ गर्दै लगिएको र डाटा भण्डारणलाई सुरक्षित बनाउँदै लगिएको पनि कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ