शुक्रबार, असार २७ २०८२

शुक्रबार, असार २७ २०८२

‘ड्रामा क्विन’ राखीले किन राखिन् टाउकोमा केक ?

‘ड्रामा क्विन’ राखीले किन राखिन् टाउकोमा केक ?

काठमाडौं । बलिउड ‘ड्रामा क्विन’ अभिनेत्री राखी सावन्त कुनै पनि काम फरक तरिकाले गर्न रुचाउँछिन् ।

पछिल्लो समय ‘मेरे ड्रीम में तेरी एन्ट्री’ गीतको म्युजिक भिडियोको कारण राखी चर्चामा छिन् । उनले सो गीत प्रमोट गर्नका लागि सडकमा अटो रिक्शा चालकसँग डान्स गरेकी थिइन् । 

यसैबीच उनको एक भिडियो सार्वजनिक भएको छ, जहाँ राखीले टाउकोमा केक राखेर नाचेको देख्न सकिन्छ । उक्त भिडियो सोही म्युजिक भिडियोलाई ६० लाख पटक हेरिएको खुशीयाली मनाउने क्रमको हो । सफलताको सेलिब्रेशन सेरेमनीमा काट्न ल्याएको केक राखीले टाउकोमा राखेर नाचेकी थिइन् । 

रियालिटी शो बिग बोसबाट बाहिर आएपछि राखीको यो पहिलो म्युजिक भिडियो हो । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend